कोरोना भाइरस संक्रमण २०१ देशमा, उच्च प्रभावित र ज्यान गुमाउने २० देश यस्ता

0
Shares

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोभिड-१९ हालसम्म २०१ दशेमा फैलिएको छ। विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। सोही बमोजिम नागरिकलाई सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गरिरहेको छ।

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट चैत १५ शनिबार बिहान ९ बजेसम्म विश्वभरि २७ हजार ३६५ जनाको मृत्यु भैसकेको छ भने यसबाट ५ लाख ९७ हजार २६२ संक्रमित भैसकेका छन्। यसबाट संक्रमित भएकामध्ये १ लाख ३३ हजार ३६३ जना आफ्नो घर फर्किएका छन्।

४ लाख ३६ हजार ५३४ व्यक्ति हाल उपचाररत छन्। जसमध्ये पाँच प्रतिशत अर्थात २३ हजार ५५९ को अवस्था चिन्ताजनक रहेको छ भने ९५ प्रतिशत अर्थात ४ लाख १२ हजार ९७५ जनामा मध्यम अवस्था रहेको छ।

  • इटालीमा सबैभन्दा धेरै ९ हजारको ज्यान गयो

कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २७ हजार ३६५ को मृत्यु भएकोमा इटालीमा सबैभन्दा धेरै ९ हजार १३४ जनाको ज्यान गएको छ। यस्तै स्पेनमा ५ हजार १३८ जनाले ज्यान गुमाएका छन् । चीनमा ३ हजार २९५ जनाको मृत्यु भएको छ । इरान कोरोनाबाट मृत्यु हुने चौथौं ठूलो दशे बनेको छ। इरानमा यस रोगबाट २ हजार २७८, फ्रान्समा १ हजार ९९५ जना, अमेरिकामा १ हजार ७०१ जनाको मृत्यु भैसकेको छ।

कोरोनाका कारण इटाली, स्पेन र अमेरिकामा एकै दिन ज्यान गुमाउने संख्या अहिलेसम्मकै उच्च
 

यसैगरि बेलायतमा ७५९, नेदरल्याण्डमा ५४६, जर्मनी ३५१ जना, बेल्जियम २८९ जना, स्वीजरल्याण्ड २३१ जना, दक्षिण कोरीयामा १४४ जना र स्वीडेनमा १०५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

१०० भन्दा कम व्यक्ति मृत्यु हुने १०१ देशमा १ हजार २९९ जना यस रोगबाट मरेका छन् भने ८७ देशमा रोगको संक्रमण भएपनि हालसम्म मृत्यु भएको छैन।

उच्च मृत्यु भएका २० देश र संख्या:-

  • अमेरिकामा सबैभन्दा धेरै संक्रमित, संक्रमितको संख्या एक लाख नाघ्यो

कोरोना भाइरस सङ्क्रमणको आधारमा चीनलाई पछि पार्दै अमेरिकामा सबैभन्दा धेरै संक्रमित बनेका छन्। वोल्डोमिटरको बिहान ९ बजेको तथ्याङ्क अनुसार अमेरिकामा १ लाख ४ हजार २०५ जनामा यो संक्रमण देखिएको छ।

‘अमेरिका’ कोरोनाको नयाँ इपिसेन्टर ! पहिलो संक्रमणको ४३ दिनमा अमेरिकाभर कोरोना
 

चीनमा भन्दा इटालीमा यो रोगको संक्रमण धेरै पुगेको छ । इटालीमा ८६ हजार ४९८ जना संक्रमणको शिकार बनेका छन््। चीनमा ८१ हजार ३९४ जनामा यो संक्रमण भएको पाइएको छ।

यसैगरि स्पेनमा ६५ हजार ७१९, जर्मनीमा ५० हजार ८७१, इरानमा ३२ हजार ३३२, फ्रान्समा ३२ हजार ९६४, इरानमा ३२ हजार ३३२, बेलायतमा १४ हजार ५४३ जना, स्वीजरल्याण्ड १२ हजार ९२८ जनामा यो संक्रमण देखिएको छ।

दक्षिण कोरीया सहित २९ दशेमा ९० हजार २४५ जनामा यो संक्रमण पाइएको छ। यी सबै देशमा १ हजारभन्दा बढी संक्रमित रहेका छन्।
६१ देशमा १ हजारभन्दा कम १०० भन्दा बढी (कूल २२ हजार ९४८ जना) संक्रमित रहेका छन्। १०० भन्दा कम संक्रमित हुने दशेको संख्या १०२ रहेको छ। यी देशमा कूल २ हजार ६१५ संक्रमित फेला परेका छन्।

उच्च संक्रमण फैलिएका २० देश र संख्या:-

छिमेकी मुलुक भारतमा ८८७ जनामा यो संक्रमण भेटिएको छ । यस रोगबाट शनिबारसम्म २० जनाको मृत्यु भएको छ भने ७३ जना निको भएर घर फर्किएका छन्। अझैपनि ७९४ जनामा यो रोग रहेको छ।

नेपालमा कोरोना भाइरस सङ्क्रमण हुनेको संख्या ४ पुगेको छ। शनिबार धनगढीमा एक संक्रमितको पृष्टि भएको हो। ४ मध्ये १ जनालाई यो रोग निको भैसकेको छ भने ३ जनामा अझै बाँकी छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भैसकेको नभएपनि यो रोगको फैलने शक्ति अत्याधिक रहेकाले सबै नेपाली नागरिक बैलैमा सचेत हुन आवश्यक छ।

नोटबजार डटकममा प्रकाशित समाचारहरु तत्काल पाउनका लागि हामीलाई फेसबुक तथा ट्वीटरमा पछ्याउनु होस् ।