नेपाल एयरलाइन्सको विमान अवतरणको क्रममा नेपालगञ्जमा दुर्घटना

0
Shares

कोरोना परीक्षणका लागि थ्रोट स्वाब (नमुना) लिन गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जमा दुर्घटना भएको छ ।

विमान अवतरणका क्रममा विमानस्थलको रनवेबाट चिप्लिएर बाहिर गएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जहाज चिप्लिएर रनवेबाहिर गएको बताए ।

विहान ११ बजेर ३२ मिनेट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो ।

तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ ।

प्रकाशित मिति: १५ चैत २०७६, शनिबार  १३ : १६ बजे