एकै जहाजमा सवार २ नेपालीमा कोरोना पुष्टि, अन्य यात्रुको के छ अवस्था ?

0
Shares

कतारको दोहाबाट नेपाल आएको कतार एयरवेजको जहाजमा सवार यात्रुमध्ये २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते काठमाडौं ओर्लिएकी दुवै जना महिला रहेका छन् । दुवै १९ बर्षीया युवती हुन् । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ ।

यसअघि फ्रान्सबाट आएकी काठमाडौंकी युवतीमा कोरोाना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले चैत १० गते घोषणा गरेको थियो ।

अहिले बेल्जियमबाट आएकी युवतीमा कोराना संक्रमणको पुष्टि भएको वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा जानकारी दिए ।

नेपालमा पाँचौ व्यक्तिमा कोरोना पुष्टि, बेल्जीयमबाट आएकी १९ वर्षीया युवती

काठमाडौंकी १९ वर्षीया युवती र बेल्जियमबाट कतार हुँदै नेपाल आएकी बागलुङकी १९ वर्षीया  युवती एउटै उडानमा यात्रा गरेका थिए । उनीहरु गत चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ उडानबाट नेपाल आएका थिए।

उक्त उडानको जहाजमा १५८ जना यात्रु आएका थिए। जसमा प्रहरीले १३३ जनालाई पहिचान गरी क्वारेन्टानइनमा बस्न लगाइसकेको छ भने बाँकीको खोजी कार्य जारी रहेको स्वास्थ्य मन्त्रालयलले जनाएको छ। क्वारेन्टाइनमा राखिएकामध्ये अधिकांशको स्वास्थ्य परीक्षण भइसकेको छ । रिपोर्ट नेगेटिभ आएको छ । 

फ्रान्सबाट आएकी काठमाडौंकी युवतीको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा अहिले उपचार भइरहेको छ। बागलुङकी युवतीको पनि उपचार जारी रहेको जानकारी डा. देवकोटाले दिए।