आजदेखि भरिएका ग्यास सिलिण्डर बिक्री गर्न नपाइने

0
Shares

नेपाल आयल निगमले आजदेखि भरिएका सिलिण्डर बिक्री गर्ने ग्यास बिक्रेताहरुलाई कारबाही गर्ने भएको छ।

निगमले शनिवार एक सूचना जारी गर्दै चैत १६ गते दिउँसो १ बजेसम्म बिक्री नभएका पूरा भरिएका सिलिण्डर ग्यास उद्योगमा फिर्ता गर्न बिक्रेता र वितरकहरुलाई निर्देशन दिएको थियो।

आइतबार दिउँसो १ बजेपछि कुनै पनि बिक्रेतासँग पूरा भरिएको सिलिण्डर पाइएको खण्डमा उनीहरुमाथि कडा कारबाही हुने निगमको चेतावनी छ। यसअघि निगमले आधा भरिएका सिलिण्डर मात्र बिक्रीवितरण गर्न ग्यास उद्योगीहरुलाई आग्रह गरेको थियो।

पहाडी जिल्लाको हकमा भने यो व्यवस्था सम्बन्धित जिल्ला प्रशासनले तोके बमोजिम हुने बताइएको छ।

प्रकाशित मिति: १६ चैत २०७६, आइतबार  ०७ : ३८ बजे