प्रभु बैंकले सोमबार २४ शाखाबाट दिँदैछ बैंकिङ्ग सेवा

0
Shares

सरकारले गरेको लकडाउनको सातौं दिन चैत १७ गते सोमबार निजी क्षेत्रको प्रभु बैंक (prvu) ले २४ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

साथै बैंकले यस समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग )मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

बैंकका अनुसार आज प्रदेश नम्बर १ का १२ शाखा, प्रदेश नम्बर २ का १ शाखा, वाग्मती प्रदेशका ६ शाखा, गण्डकी प्रदेशका एक शाखा, प्रदेश नम्बर ५ का तीन शाखा, कर्णाली प्रदेशका एक शाखा खुला गर्ने जनाएको हो।