एनसीसी बैंकले मंगलबार यी ४७ वटा शाखाहरुबाट दिँदैछ बैंकिङ्ग सेवा

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले सरकारले गरेको लकडाउनको आठौं दिन चैत १८ गते सोमबार ४७ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकको प्रमुख सञ्चालन अधिकृत बन्दना पाठकका अनुसार सातवटै प्रदेशमा गरि बैंकको ४७ वटा शाखाहरुबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा हुनेछ। जसमा ग्राहकरुले ५० हजार रुपैयाँसम्म नगद कारोबार तथा विद्युतीय चेक क्लियरिङ्ग सेवा प्राप्त गर्न सक्नेछन्।

साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।

साथै यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको छ।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टाकाउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

बैंकको मंगलबार खुला रहने शाखा र सम्पर्क व्यक्ति यसप्रकार रहेको छ।

प्रदेश १ का शाखाहरु :
विराटनगर, गाइघाट, विराटचोक, इनरुवा, फिदिम, मेन्छायम, मेरिङ्गदेन ।
(सम्पर्क ब्यक्ति : श्री राम नाथ गौतम, फोन नं : ९८५१०५३९१५)

प्रदेश २ का शाखाहरु :
मलंगवा, कलैया, निजगढ, वीरगञ्ज, बयलबास, हरिवन, विष्णुपुर, लाहान, सिमरा ।
(सम्पर्क ब्यक्ति : श्री समिर आचार्य, फोन नं : ९८५२०२७३०५)

बाग्मती प्रदेशका शाखाहरु :
कुमारीपाटी, सिपाघाट, बनेपा, चौतारा, बाहृबिसे, पनौती, पाँचखाल ।
(सम्पर्क ब्यक्ति : श्री शरद जी राज, फोन नं : ९८५११०१०४०)

कलंकी, रातोपुल ।
(सम्पर्क ब्यक्ति : श्री अर्जुन जंग सिलवाल, फोन नं : ९८५११०१०९०)

हेटौडा, चनौली ।
(सम्पर्क ब्यक्ति : श्रीमती सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)

गण्डकी प्रदेशका शाखाहरु :
लेखनाथ, दमौली, बाझापाटन–पोखरा, भिमाद, दुईपिप्ले, बेनी ।
(सम्पर्क ब्यक्ति : श्री सुमन आचार्य, फोन नं : ९८५१२३४२१८)

प्रदेश ५ का शाखाहरु :
मंगलापुर, अर्गली, सत्यवती, सुलीचौर, दाँङ्गीशरण ।
(सम्पर्क ब्यक्ति : श्री मेघ नाथ पाण्डे, फोन नं : ९८५७०२८२६०)

नेपालगञ्ज ।
(सम्पर्क ब्यक्ति : श्री संजय कार्की, फोन नं : ९८५१२४२४४४)

कर्णाली प्रदेशका शाखाहरु :
जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर ।
(सम्पर्क ब्यक्ति : श्री संजय कार्की, फोन नं : ९८५१२४२४४४)

सुदूर–पश्चिम प्रदेशका शाखाहरु :
बैतडी, लम्की ।
(सम्पर्क ब्यक्ति : श्रीमती संगिता शर्मा चटौत, फोन नं : ९८५८७५१९७०)