साधारण सेयर बाँडफाँड नगर्दै मर्जर सम्झौता, साधारणसेयर बाँडफाँड आज


जनसेवी लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको साधारण सेयर बाँडफाँड नहुदै मर्जरमा जाने भएको छ । संस्थाले निष्कासन गरेको साधारण सेयर आज बाँडफाँड हुने भएपनि कालिका लघुवित्तसँग मर्जर जाने सम्झौता पनि गरीसकेको छ ।

केही दिन अघि मात्र सर्वसाधारणमा सेयर जारी गरेको संस्थाको साधारण सेयरको बाँडफाँड आज हुदैछ । संस्थाको साधारण सेयरमा आवेदन दिएकाले सेयर परे नपरेको नतिजा हेर्नका लागि नोटबजारको https://notebazar.com/ipo-result लिङकमा गएर हेर्न सक्नुहुन्छ । नोट बजारको आइपिओ रिजल्ट अप्सनमा गएर १६ अंकको डिम्याट नं राखेर शर्च गरेपछि आइपिओको नतिजा देखिनेछ ।

कम्पनीले निष्कासन गरेको साधारण सेयरको बाँडफाँड केहीवेरमा हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज दिउँसो ३ बजे पछि बाँढफाँड हुनेछ । कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा कुल ४ लाख ६३ हजार ३०० कित्ता आईपिओ निष्काशन गरेको थियो। निष्काशित आईपिओ २३ हजार १६५ कित्ता सामूहिक लगानी कोषकाहरु र ७ हजार १४५ कित्ता लघुवित्तका कर्मचारीलाई आरक्षित गरिएको छ ।

बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार ३ लाख ३८ हजार आवेदकबाट लघुवित्तको आईपिओमा ६१ लाख ८१ हजार कित्ता शेयर माग भएको छ ।

उच्च आवेदन परेका कारण गोलाप्रथाबाट ४३ हजार २९९ जना आवेदकले मात्र लघुवित्तको आईपिओ पाउनेछन्। यो संख्या आईपिओमा आवेदन गरेका करिब १४ प्रतिशत मात्र हो। आईपिओमा आवेदन गरेका बाँकी ८६ प्रतिशत आवेदकको हात रित्तो हुने देखिन्छ ।