नबिल बैंकको १ लाख ७५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौँ । नबिल बैंकले पौने २ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको १ लाख ७५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि आवेदन दिन सक्नेछन् । बैंकले पहिलो चरणमा संस्थापक सेयरधनीको लागि सेयर बिक्रीको लागि आवेदन खुलाएको थियो ।

संस्थापक शेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संस्थाका सेयर बिक्री खुला गरेको हो ।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाडौंको नक्सा नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकको रजिस्टर्ड कार्यालयमा आवेदन दिन सकिनेछ।

प्रकाशित मिति: ७ मंसिर २०८३, सोमबार  ०९ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।