विश्व वरियतामा नेपाली महिला भालिबल टोली ८६ औं स्थानमा

0
Shares

विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो।

नयाँ वरियतामा नेपालको ५७ अङ्क रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ। त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौं स्थानमा छन्। नेपाली महिला भलिबल टोली एशियाली राष्ट्रको वरियतामा भने १७औं स्थानमा रहेको छ।

पुरुषतर्फको वरियतामा भने नेपाल १३६औँ स्थानमा रहेको छ। नेपालको ५० अङ्क छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छन् । एशियाको वरियतामा नेपालको पुरुष टोली २७औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार  १५ : १८ बजे