कोरोनाबाट साढे ९ लाख संक्रमित, ४८ हजार ३११ को ज्यान गयो

0
Shares

विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट विश्वभरीमा बिहीबार बेलुका ५ बजेसम्म ९ लाख ५० हजार ७१३ जना संक्रमित भएका छन्। यस रोगबाट ४८ हजार ३११ जनाको ज्यानको ज्यान गएको छ भने संक्रमण २०५ देशमा यो रोग फैलिसकेको छ।

वल्डमिटरका अनुसार २ लाख २ हजार ८२६ निको भएर घर फर्किएका छन्। अझै ६ लाख ९९ हजार ५७६ जना संक्रमित रहेका छन्। जसमध्ये ३६ हजार १६४ को अवस्था संवेदनसिल रहेको छ भने ६ लाख ६३ हजार ४१२ को अवस्था सामान्य रहेको छ।

हालसम्म विश्वको सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको शक्तिशाली राष्ट्र अमेरिकामा नै सबैभन्दा धेरै २ लाख १५ हजार ३५७ जना संक्रमित भएका छन्। ११ जना थप सहित यस रोगबाट अमेरिकामा पछिल्लो ५ हजार ११३ जनाले आफ्नो मृत्युवरण गर्नुपरेको अवस्था छ। ८ हजार ८७८ जना निको भएर घर फर्किएका छन्।

संक्रमणका आधारमा दोस्रो रहेको इटालीमा १ लाख १० हजार र स्पेनमा १ लाख ४ हजार बढी संक्रमणको शिकार बनेका छन् भने चीन, जर्मनी, फ्रान्स इरान, बेलायत, स्वीजरल्याण्ड, टर्की, बेल्जियम, नेदरल्याण्ड र अष्ट्रियामा १० हजारदेखि ८१ हजारसम्म संक्रमित बनेका छन्।

कोभिड १९ बाट इटालीमा सबैभन्दा धेरै १३ हजार १५५ ले मृत्युवरण गरेका छन् भने स्पेनमा ६१६ नयाँ सहित १० हजार ३ जनाले ज्यान गुमाएका छन्। यस्तै फ्रान्समा ४ हजार ३२, चीनमा ३ हजार ३१८, इरानमा ३ हजार १६०, बेलायतमा २ हजार ३५२, र नेदल्याण्डमा १ हजार १७३ जना र बेल्जियममा १ हजार ११ जनाको कोभिड १९ को कारण ज्यान गएको छ।

छिमेकी राष्ट्र भारतमा ३४ नयाँ संमक्रित सहित २ हजार ३२ पुगेको छ भने ५८ जनाले मृत्युवरण गरेका छन्। १४८ जनालाई निको भएको छ भने १ हजार ८२६ जनामा अझै यो रोगको संक्रमण छ।

हालसम्म नेपालमा १ हजार १८४ वटा कोरोना परिक्षण भएकोमा ६ जनामा यो रोगको पुष्टि भएको छ। १ जनालाई निको भएको छ भने ५ जनामा अझै यो संक्रमण निको भएको छैन। नेपालमा कुनैपनि व्यक्ति यस रोगको शिकार हुनु नपरेकाले बैलैमा यसबाट बच्न लकडाउनको पलना गरि घरमै बस्न आवश्यक देखिन्छ।

प्रकाशित मिति: २० चैत २०७६, बिहीबार  १७ : ११ बजे