एनसीसी बैंकको सोमबार कहाँ कहाँको खुल्दैछ शाखा ?

0
Shares

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) ले सरकारले गरेको लकडाउनको चौधौं दिन चैत २४ गते सोमबार ५२ शाखा कार्यालयल मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ।

बैंकको अनुसार सातवटै प्रदेशमा गरि बैंकको ५२ वटा शाखा तथा एक्सटेन्सन काउन्टरहरुबाट बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म सीमित बैकिङ्ग सुविधा हुनेछ। जसमा ग्राहकरुले ५० हजार रुपैयाँसम्म नगद कारोबार तथा विद्युतीय चेक क्लियरिङ्ग सेवा प्राप्त गर्न सक्नेछन्।

बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ। साथै बैंकले लकडाउनको समयमा ग्राहकहरुलाई घरमै बसि डिजिटल बैंकिङ्ग (मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा एटिएम) प्रयोग गरि कारोबार गर्न समेत आग्रह गरेको छ।

साथै यो विषम परिस्थितिमा यस बैंकको सम्पुर्ण एटिएम सेवा, मोबाइल बैकिङ्ग सेवा, ईन्टरनेट बैकिङ्ग सेवा, कनेक्ट आईपीएस सेवा सुचारु रहेको र सो सेवाहरु प्रयोग गर्दा कुनै शुल्क नलाग्ने जानकारी दिएको छ।

बैंकको खुला रहने शाखा र सम्पर्क व्यक्ति यसप्रकार रहेको छ:-

प्रदेश १ का शाखाहरु :
इनरुवा, गाईघाट, कटारी, फिदिम, मेन्छायम, मेरिङ्गदेन, रंगेली ।
(सम्पर्क ब्यक्ति : श्री राम नाथ गौतम, फोन नं : ९८५१०५३९१५)

प्रदेश २ का शाखाहरु :
बरथवा, वीरगञ्ज, मलंगवा, कलैया, निजगढ, लक्ष्मीपुर पतारी, लाहान, बर्दिवास, करैयामाई, जनकपुर, धनगढीमाई ।
(सम्पर्क ब्यक्ति : श्री समिर आचार्य, फोन नं : ९८५२०२७३०५)

बाग्मती प्रदेशका शाखाहरु :
न्युरोड, लोकन्थली, नारायणटार, नयाँबानेश्वर, चौतारा ।
(सम्पर्क ब्यक्ति : श्री शरद जी राज, फोन नं : ९८५११०१०४०)

कलंकी, रातोपुल, नयाँबजार ।
(सम्पर्क ब्यक्ति : श्री अर्जुन जंग सिलवाल, फोन नं : ९८५११०१०९०)

चरिकोट, सिन्धुली, टाँडी, मन्थली ।
(सम्पर्क ब्यक्ति : श्रीमती सांग्रिला श्रेष्ठ, फोन नंः ९८५५०६१६३३)

गण्डकी प्रदेशका शाखाहरु :
बिरौटा, दमौली, भिमाद, भरतपोखरी, बाग्लुङ्ग, वालिङ्ग, ढोरफिर्दी ।
(सम्पर्क ब्यक्ति : श्री सुमन आचार्य, फोन नं : ९८५१२३४२१८)

प्रदेश ५ का शाखाहरु :
बुटवल, रामापुर कलौनी, दाँङ्गीशरण, अर्गलि, सत्यवती, सुलिचौर।
(सम्पर्क ब्यक्ति : श्री मेघ नाथ पाण्डे, फोन नं : ९८५७०२८२६०)

नेपालगञ्ज ।
(सम्पर्क ब्यक्ति : श्री संजय कार्की, फोन नं : ९८५१२४२४४४)

कर्णाली प्रदेशका शाखाहरु :
जहरे, दैलेख, ठाँटीकाँध, महाबु, बाबियाचौर, छिन्चु ।
(सम्पर्क ब्यक्ति : श्री संजय कार्की, फोन नं : ९८५१२४२४४४)

सुदूर–पश्चिम प्रदेशका शाखाहरु :
मेलौली, धनगढी ।
(सम्पर्क ब्यक्ति : श्रीमती संगिता शर्मा चटौत, फोन नं : ९८५८७५१९७०)