सेयर कारोबारको राफसाफ टि प्लस २ मा झारिने, टि प्लस १ का लागि लगानीकर्ताको फरक धारणा


 

सेयर कारोबारको राफसाफ समयमा एक दिन घट्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले कारोबार राफसाफको समय घटाउनका लागि अध्ययन समिति बनाइ प्रक्रिया करिब अन्तिम चरणमा पुर्याएको हो ।

नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप सेवालाई मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको अध्ययन गरी सुझाव दिन गठन भएको समतिको सुझाव अनुसार कारोबार राफसाफको समय घटाउन निर्देशन दिएपछि त्यसको प्रक्रिया अघि वढेको थियो । तर, मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको अध्ययन गरी सुझाव दिन गठन भएको समितिलाइ कारोबार राफसाफको समयमा घटाइ टि प्लस १ मा झर्नु पर्ने भनेका लगानीकर्ता कार्यान्वयन गर्ने विषयमा भने हिचकिचाएका छन् । अहिले लगानीकर्ता र धितोपत्र ब्रोकरको समझदारीमा सेयर कारोबार भए पनि तत्काल भुक्तानी गर्नु पर्ने अवस्था छैन । टि प्लस १ कार्यान्वयमा ल्याएको खण्डमा लगानीकर्ताले तत्काल भुक्तानी दिनु पर्ने भएकाले लगानीकर्ताका संघ संगठनहरु टि प्लस १ कार्यान्वयन गर्ने सन्दर्भमा फरक धारण राखेका हुन ।

 

नेप्सेले भने टि प्लस वान कार्यान्वयनका लागि अध्ययन समिति बनाएर काम अन्तिम चरणमा पुर्याइसकेको छ । नेप्सेले कामु उपप्रबन्धक प्रविन्दा पन्दाकको संयोजकत्वमा कारोबार राफसाफ समय घटाउने सम्बन्धमा केन्द्रीय निक्षेप सेवा, धितोपत्र दलाल प्रतिनिधि सहितको अध्ययन समिति समते तयार गरेर काम सुरु गरेको हो । सोही समितिले धितोपत्र ब्रोकर संगको छलफल सकेर लगानीकर्ताका संघ संगठनका प्रतिनिधिसंग छलफल गर्ने क्रममा टि प्लस वान कार्यान्वयका लागि उनीहरुले फरक धारण राखेका हुन ।

अन्तराष्ट्रिय अभ्यास अनुसार पनि अधिकासं धितोपत्र पत्र बजार टि प्लस २ रहेको भन्दै लगानीकर्ताले हाम्रो बजारमा टिप्लस वान सम्भव नभएको धारण राखेका हुन । जापानमा सेयर कारोबारको साफसाफ समय टि प्लस ३, भारतमा टि प्लस २ रहेको हुनाले धेरै आधुनिक बजारमा मात्र टि प्लस वान सम्भव हुने लगानीकर्ता संगठनका प्रतिनिधिको भनाइ रहेको छ । अहिले टि प्लस २ गरेर मात्र बान मा जाँदा उपयुक्त हुने धारण लगानीकर्ता संगठनका प्रतिधिको रहेको छ । ब्रोकरसंग अण्डरस्ट्याण्डिङ गरेर सेयर कारोबार गरेको रकम २ देखि ४ दिन सम्म भुक्तानी दिने तथा लिने गरेको एक लगानीकर्ता संगठनका प्रतिनिधिले बताए ।

“टि प्लस १ भएको खण्डमा सुविधा हुदैन त्यसले भर्खर मात्र सुधारको गतीमा देखिएको बजारमा नकारात्मक असर पर्छ” सहभागी प्रतिनिधिले भने, “ब्यबाहारीक पक्षवाट हेरेर जाँदा लगानीकर्तालाई नै मार पर्छ, लागु नै गर्ने भए २ मा जाउ भने का छौ ।” धितोपत्र बोर्डले भने टि प्लस बान आगामी साउन १ देखि लागु गर्ने भनेको समेत उनले बताए ।
सेयर लगानीकर्ताले कारोबार राफसाफको समयमा टि प्लस १ चाहेको नभै इन्ट्र डे रहेको ती प्रतिनिधि बताउछन । “तर, यो कसरी आयो । अहिले टि प्ल्स २ नै उयुक्त हुन्छ, उनले भने ।

कारोबार राफसाफ समय कति उयुक्त हुन् भनेर नेप्सेले अध्ययनका लागि गठन गरेको समितिकी संयोजक भने फरक धारण आउनु समान्य रहेको बताउछीन । धेरै लगानीकर्ता भएको हुनाले केहीको फरक मत आउनु स्वभावीक रहेको उनले बताइन । धितोपत्र बजारका लागि राफसाफ समय कति उयुक्त हुन्छ भनेर अध्ययन गरीरहेको बताउदै संयोजक प्रविन्दा पन्दाकले भनिन,“धितोपत्र बोर्डबाट निर्देशन आएपछि कमीटी गठन गरेर का अघि वढाएका हौ, अहिले करिब अन्तिम चरणमा पुगेको छ ।” हाम्रो धितोपत्र बजार अनुसार कारोबार राफसाफको समय ३ बाट एकै पटक १ मा आउने अवस्था नभएको अध्ययनमा देखिएको हुनाले टि प्लस २ मा जाने सम्भावना धेरै रहेको उनी बताउछीन । समितिले ब्रोकर, लगानीकर्ता तथा सम्बन्धित पक्षहरुसंग छलफल गरेर अध्ययन अन्तिम चरणममा पुगेको बताउदै उनले भनिन,“ कारोबार राफसाफको समय टि प्लस २ मा आउने सम्भावना छ, यद्यपी समितिले अध्ययनको अन्तिम रुप दिई प्रतिवेदन बुझाउन भने बाँकी नै छ ।” कारोबारको राफसाफको समय घटाउदा सेयर लगानीकर्तालाइ फाइदा हुने तथा समग्र बजारलाइ समेत सकारात्मक प्रभाव पर्ने उनी बताछीन् ।

अर्थमन्त्रीले नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर शिवराव श्रेष्ठको संयोजकत्वमा मुद्रा तथा पूँजी बजारमा देखिएका प्रवृत्तिहरुको अध्ययन गरी सुझाव दिन गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सेयर बजारको कारोबार राफसाफ टि प्लस ३ बाट १ मा झार्नु पर्ने सुझाव दिएको छ । सोही सुझावलाइ कार्यान्वयन गर्ने क्रममा नेपाल धितोपत्र बोर्डले नेप्से तथा केन्द्रीय निक्षेप प्रणालीलाई कारोबार राफसाफको समय घटाउन निर्देशन दिएको हो । बोर्डको निर्देशन अनुसार नेप्से, केन्द्रीय निक्षेप सोव तथा धितोपत्र ब्रोकर सहभागी समितिले धितोपत्र बजारको अवस्था अनुसार तत्कालका लागि टि प्लस २ मा झर्ने सुझाव दिने करिब अन्तिम भएको हो ।