हिमालय ऊर्जाको ‘एचयुआरजेए’ नामबार कारोबार


नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा हिमालय ऊर्जा विकास कम्पनीको सेयर कारोबार सुरु भएको छ । कम्पनीको शेयरलाई ‘एचयुआरजेए’ नाम मार्फत कारोबार गरीने नेप्सेले जनाएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९८ रुपैयाँ ३६ पैसा देखि २९५ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेञ्ज तोकिएको छ ।बुधबार त्यही आधारमा कारोबार खुल्यो । तर कम्पनीको प्रति सेयर मूल्य १४४ रुपैयाँमा बन्द भएको छ । नेप्सेले कम्पनीको कारोबार खुला गर्दा प्रतिशेयर नेटवर्थको तीन गुणासम्मको अधिकतम रेञ्ज प्रदान गर्ने गरेको छ ।

कम्पनीको साधारण शेयर सहित ९९ लाख कित्ता शेयर सोमबार नेप्सेमा सूचीकृत भएको थियो । हिमालय ऊर्जाले चैत २० देखि २५ गतेसम्म जारी पूँजी ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरि गत वैशाख ३ गते बाँडफाँड गरेको थियो। आईपिओमा अधिकांश आवेदकले २० कित्ता र ३ प्रतिशत आवेदकले १० कित्ता शेयर पाएका थिए।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ति खोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेगावाटको अपर खिम्ति– आई आई गरी कुल १९ मेगावाटका आयोजनाहरु निर्माण गरिरहेको छ ।