सुदूरपश्‍चिममा १८ सय ९५ जनाको र्‍यापिड परिक्षण, सबैको नतिजा नेगेटिभ

0
Shares

सुदूरपश्चिम प्रदेशमा शनिबार बेलुका सम्म एक हजार ८ सय ९५ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्‍यापिड टेस्ट गरिएको छ।

कैलालीमा ७ सय ३०, बझाङमा ४ सय २६, कञ्चनपुरमा ४ सय ७, डोटीमा २ सय ४०, बाजुरामा ५३, बैतडीमा ३७, डडेल्धुरा र अछाममा एक/एक जनाको र्‍यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले जानकारी दिए। उनका अनुसार दार्चुलामा गरिएको टेस्टको रिपोर्ट भने आइतबार आउनेछ।

र्‍यापिड टेष्टमा भने कोभिड १९ ले संक्रमण गरेको शरीरले उत्पादन गर्ने ‘एन्टीबडी’को मात्रा परीक्षण गर्ने गरेको छ। यो परीक्षण प्रविधि पीसीआरभन्दा कम विश्वसनीय हुन्छ। र्‍यापिड टेष्टमा पोजेटिभ देखाए पनि पुष्टिका लागि पीसीआर परीक्षण गर्नैपर्ने हुन्छ। 

‘र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ देखाएमा थप पुष्टिका लागि पीसीआर परीक्षण गर्छौु’ उनले भने, ‘पहिलो चरणमा ५ हजार किट आएकोमा त्यसले अपुग हुने देखिएपछि शुक्रबार थप ५ हजार किट यहाँ आएको छ।’थप किट आएपनि सुदूरपश्चिम प्रदेशमा अझै १० हजार किट अपर्याप्त हुने जोशीको भनाइ छ।

हालसम्म सुदूरपश्चिममा चार जनामा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ। संक्रमित चारैजना धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। सबैको अबस्था सामान्य रहेको उपचारमा संलग्न डा। ले बताएका छन ।

प्रकाशित मिति: ३० चैत २०७६, आइतबार  ०७ : ४३ बजे