त्रिभुवन विमानस्थल भन्सारका एक्सरे टेक्निसियनद्धारा २ करोड भष्ट्राचार

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालय काठमाण्डौका एक्सरे टेक्निसियन राज कुमार ढकाल विरुद्ध दुई करोड बढी भष्ट्राचार गरेको आरोपपत्र दायर गरेको हो।

आयोगले ढकाल विरुद्ध दुई करोड दुई हजार आठ सय छ्यासी रुपैयाँ पैसठी पैसाको स्रोत नखुलेको भन्दै भष्ट्राचारको आरोप पत्र दायर गरेको छ। ढकालको कुल आय भन्दा ब्यय बढी भएको र आयस्रोत भन्दा बढी रकम चेकमार्फत सापटी दिएको देखिएको अख्तियारको भनाई छ।

ढकालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी आफ्नो, श्रीमती निरजरा घिमिरे र राममणी लामिछानेको नाममा चल अचल सम्पत्ति लुकाई राखेको पुष्टि भएपछि अख्तियारले ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिम दुई करोड दुई हजार आठ सय छ्यासी रुपैया पैसठी पैसा बिगो कायम बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।