एनसीसी बैंकद्वारा कोरोना कोषमा एक करोड सहयोग

0
Shares

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (NCCB)ले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड रुपैयाँ प्रदान गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालका अनुसार उक्त रकममध्ये ६५ लाख संघीय सरकारले स्थापना गरेको कोषमा र रपाँच/पाँच लाख गरी जम्मा ३५ लाख सातवटै प्रदेशले खडा गरेको कोषलाई प्रदान गरिएको हो।

शनिबार बैंकले संघयि सरकारले स्थापना गरेको कोषमा उक्त रकम जम्मा गरिदिएको हो भने प्रदेश सरकारले स्थापना गरेको कोषमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम बराबरको चेक बैंकका प्रतिनिधिमार्फत प्रदान गरिएकोे हो।

बैंकले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ। कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितको उपचारमा मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ।