एभरेष्ट बैंकद्वारा कोरोना राहत कोषमा एक करोड दुई लाख प्रदान

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले कोभिड-१९ (कोरोना) राहतकोषको लागि आफुले प्रतिबद्ध गरेको रकम हस्तान्तरण गरेको छ ।

बैंकले आफ्नो क्षेत्रीय कार्यालयहरु मार्फत सबै सात प्रदेशका प्रत्येक प्रदेश सरकारहरुलाई ६ लाख प्रदान गर्नुका साथै केन्द्रिय सरकारलाई ६० लाख प्रदान गरेको छ ।

कोषको रकमबाहेक, बैंकले हाल चलिरहेको महामारी विरुद्ध लड्नको लागि अरु विभिन्न संग(संस्थाहरुलाई पनि सहयोग गर्दै आइरहेको जनाएको छ। 

यसका साथै, बैंकले यस महामारीको सुरुवती चरण देखि नै आफ्नो विभिन्न शाखाहरुमा भ्रमण गर्ने सम्पूर्ण ग्राहकहरुको सुरक्षामा उच्चध्यान दिदैं आइरहेको छ ।

हालएभरेष्ट बैंकको ग्राहकहरुको संख्या ११ लाखभन्दा बढी रहेका छन् । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्जस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानम एटीएम हेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आइरहेको छ ।