सनराइज बैंकमा घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सकिने, ८.७५% ब्याज दिने

0
Shares

सनराइज बैंक (SRBL) ले आफ्नो ग्राहकलाई डिजिटल बैंकिंङ्ग प्रयोग गर्न प्रोत्साहन गर्दै घरबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र लकडाउनले धेरैजसोको जनजीवन प्रभावित बनाएको भन्दै बैंकले घरबाटै मुद्दती निक्षेप खाता खोल्ने सकिने व्यवस्था मिलाएको जनाएको छ।

बैंकका अनुसार लकडाउनका कारण घरमा बस्न बाध्य भएका आफ्ना निक्षेप कर्ता ग्राहकहरुले आफ्ना बचत खातामा रहेको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न सक्नेछन्। जसका लागि बैकंले सनराइन मार्टबाट अनलाइन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ ।

उत्त मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च  ८.२५% ब्याजमा ०.५०% प्रिमियम  थप गरी ब्याज प्रदान गरिने बैकंले जनाएको छ । मुद्दतीको निक्षेपको न्यूनतम अवधि ३ महिना तोकिएको छ। साथै बैंकले सनराइज मार्ट SUNRISE SMART प्रयोग गरी सजिलै मुद्दती खाता खोल्न सकिने र त्यसका लागि कुनैपनि अतिरिक्त शुल्क नलाग्ने बताएको छ।

बैंकका अनुसार ग्राहकहरुले घरबाटै सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सक्नेछन् । SUNRISE SMART बैकिङ्ग Playstore/App Store बाट सजिलै download गरी आफै रजिस्टर गर्न सकिने छ ।

ग्राहकहरुले सनराइजको मोबाइल बैकिङ्ग प्रयोग गरी बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू घर बसि बसि निःशुल्क गर्न सकिने बैंकले जनाएको छ ।