अब शेयर बजार नखोले नकारात्मक सन्देश जान्छ : अम्बिका पौडेल


लगानीकर्ता अम्बिका प्रसाद पौडेलले कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कने निश्चित नभएकाले शेयर बजार खोल्नुपर्ने बताएका छन् ।

नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले हाललाई समय घटाएर सर्किट ब्रेकरको सीमा घटाएर कारोबार खुलाउन सुझाव दिएका हुन् ।

वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको शेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तराष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने भएकाले बजार खोल्नु पर्छ उनले भने ।

धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको उनको भनाई छ ।

अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुलाई पालो गरेर कारोबार गराउने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरे ।