छिटोभन्दा छिटो शेयर बजार खुलाउनु पर्छ : ब्रोकर एशोसियसन अध्यक्ष रानाभाट


बजार बन्द हुदाँ सबैभन्दा मारमा ब्रोकर व्यवसायी परेको भन्दै जतिसक्दो चाडो खुलाउनुपर्नेमा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले जोड दिएका छन् ।

रानाभाटले बजार बन्द भएपनि ब्रोकर व्यवसाय सञ्चालकको खर्च निरन्तर भएकाले समस्या भएको बताए । वैशाख २५ गतेको समयभित्र बजार खोल्ने वातावरण मिलाउन जोड दिँदै रानाभाटले ब्रोकरको तर्फबाट गर्नुपर्ने काम गर्न सबै ब्रोकर तयार रहेको वताए ।

‘हाललाई लगानीकर्ताहरुको खाता नविकरणका लागि छुट दिने व्यवस्था मिलाउने निष्कर्षमा हामी पुगेका छौ । लकडाउन र संक्रमण अन्त्य हुने निश्चित नभएको अवस्थामा बजार खोल्नुको विकल्प छैन’ अध्यक्ष रानाभाटले भने ।

यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बलियो बनाउने तर्फ सरकार र नियामक निकायले सोच्नुपर्ने तर्क उनको छ ।