एउटा नायक गुमाएको चौबिस घण्टा नबित्दै बलिउडले गुमायो अर्का नायक ऋषि कपूर

0
Shares

भारतीय अभिनेता इरफान खानको मृत्यु भएको २४ घण्टा नबित्दै बलिउडले अर्का सशक्त नायक ऋषि कपूर गुमाएको छ। ऋषिका दाई रणधीर कपूरले निधनको खबर पुष्टि गरेका हुन् ।

स्वास प्रश्वासको समस्या आएपछि बुधबार सर एच. एन. रिलायन्स फाउन्डेसन हस्पिटलमा भर्ना गरिएको भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको हो। उनी दुई वर्षदेखि क्यान्सरसंग लडिरहेका थिए।

प्रसिद्ध अभिनेता राज कपूरका छोरा ऋषि कपूरले सन् १९७३ मा डिम्पल कपाडिया सँग फिल्म ‘बबी’ मार्फत डेब्यु गरेका थिए । सो भन्दा अघि बालकलाकारको रुपमा भने उनले केही फिल्महरुमा अभिनय गरेको बताइन्छ।

कपुरले ‘लैला मजनु’, ‘सरगम’, ‘अमर अकबर एन्थोनी’, ‘रफो चक्कर’, ‘कर्ज’, ‘बोल राधा बोल’ जस्ता चर्चित फिल्महरुमा आफ्नो अभिनय कौशल प्रस्तुत गरेका छन् ।

पछिल्लो समय ‘कपूर एण्ड सन्स’, ‘डि–डे’, ‘मूल्क’ र अमिताभ बच्चन संग ‘१०२ नट आउट’ मा देखिएका ऋषि पछिल्लो पटक डिसेम्बरमा इमरान हास्मीसंग ‘द बडी’ मा देखिएका थिए।

प्रकाशित मिति: १८ वैशाख २०७७, बिहीबार  १० : ५९ बजे