अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन अझ बढी समझदारी र सहकार्य आवश्यक- भवानी राणा

0
Shares

निश्चयनै आजको समय अत्यन्त कठिन छ । यतिखेर सिंगो मानवजाती महामारीको रूपमा विश्वभर फैलिएको कोरोना भाइरससंग लडीरहेको छ । ठूलो मात्रामा विश्वमा जनधनको क्षति भएको छ । नेपाल पनि त्यसबाट प्रभावित भैरहेको छ । उद्योग व्यवसाय ठप्प छ । अर्थतन्त्रका महत्वपूर्ण आधारहरू, विप्रेषण, पर्यटन लगायत सेवा क्षेत्र नराम्ररी थलिएको छ भने अन्य उद्योग व्यवसाय पनि ग्रसित भैरहेका छन् । अझै पनि हाम्रा अगाडी निकै ठूलो चुनौती छ ।

अहिले हाम्रो पहिलो प्राथमिकता मानव जीवनको सुरक्षा हो, हामी सवै एकजुट भई कोभिड १९ लाई परास्त गर्ने अभियानमा छौ । चाडैनै यो महामारी नियन्त्रणमा आउने हामीले आशा गरेका छौ । सम्भावित चुनौतीसंग लड्न यतिखेर सरकार, निजी क्षेत्र, श्रमिक कामदार कर्मचारीहरू सहित सिंगो मुलुकनै एक ढिक्का भएर लागेको छ ।

अर्थतन्त्रलाई पहिलेकै अवस्थामा ल्याउन आगामी दिनमा अझ बढी समझदारी र सहकार्यका साथ काम गर्नुपर्ने आवश्यकता र चुनौती हाम्रा सामुन्ने रहेको म यस अवस्थामा स्मरण गर्न चाहान्छु । कठिन चुनौतीको सामनाको साथै साझा समस्याको समाधान गर्न हामी सफल हुनेछौ भन्ने विश्वास गर्दै सम्पूर्ण श्रमिक दाजुभाई तथा दिदीवहिनीहरूको सु—स्वास्थ्य र सुरक्षाको कामना सहित पुनः एकपटक हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले १३१ औ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा दिएको शुभकामना