लकडाउनको अवधिमा भारतीय शेयर लगानीकर्ताले कमाए १६ लाख करोड

0
Shares

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नका लागि लकडाउन गरेको एक महिना आठ दिन पुगेको छ । यो अवधिमा भारतीय अर्थतन्त्र करिब ठप्प भएपछि अन्तराष्ट्रिय लगानीको रहेको पूँजी बजार भने खुला रहेको छ । पुरै लकडाउन रहेको अप्रिल महिनामा भारतीय शेयर लगानीकर्ताले १६ लाख करोड भारतीय रुपैयाँ कमाएका छन् ।

कोरोना भाइरसको फैलदो संक्रमण र भारतीय सरकारले गरेको लकडाउनको सुरुवाती चरणमा उच्च अंकले घटेको शेयर बजार कोरोना प्रभावीत क्षेत्रका लागि राहात प्याकेज ल्याउन थालेपछि केही सुधारको गतिमा देखिएको थियो । कोरोना भाइरस संक्रमण फैलिने क्रम वढेसंगै भारतीय शेयर बजारमा आएको गिरावटका कारण पूँजी बजारले करिब ५३ लाख करोड भारतीय रुपैयाँ गुमाएको थियो ।

बजारमा सुधारका संकेत देखिएका थिए । रिजर्भ बैंकले बैंक वित्तीय संस्था तथा पूँजी बजारका लागि विषेश प्याकेज समेत ल्याएपछि बजारमा सुधार आउन थालेका हो । लकडाउन निरन्तर कायम रहेनि अप्रिल महिना सरकारी तहवाट भएको राहात प्याकेजका कारणले भारतीय शेयर बजारले १६ लाख करोड भारतीय रुपैयाँ कमाएको छ । लकडाउनको अवधिको पछिल्लो एक महिनामा भारतीय शेयर बजारले करिब १९ प्रतिशतको प्रतिफल दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कोरोना भाइसरका कारण भारतीय शेयर बजार करिब ३० प्रतिशत भन्दा धेरैले घटेको थियो । सो गिरावट पछिल्ला दिनहरुमा क्रमीत रुपमा सुधारको गतिमा देखिएको हो ।

अप्रिल महिनामा भारतमा लकडाउन भएका कारण १३० करोड जनसंख्या घर भित्र नै रह्यो । यो अवधिमा भारतीय अर्थतन्त्र र शेयर बजारमा हुने र भएको नोक्सान को चर्चा धेरै नै रह्यो । तर, यस्तो चर्चाको चलीरहेको समयमा अप्रिल मिहनामा मात्र शेयर बजारको लगानीले १९ प्रतिशतको प्रतिफल दिएको छ । अप्रिल एक देखि ३० सम्ममा पूँजी बजारको आकार करीब १६ लाख करोड भारतीय रुपैयाँ वढेको छ । बम्बई स्टक एक्सचेन्ज सेनसेक्स ३० अप्रिल महिनामा ३० मुख्य शेयरको मूल्य वढ्दो क्रममा रहेको थियो ।

अप्रिल महिनामा सेनसेक्स सूचक ५२७७.३० अंक अर्थात १८.५६ प्रतिशतले वढेको छ । त्यसैगरी नेशनल स्टक एक्सचेन्ज निफ्टी १५७८.८० अंक अर्थत १९ प्रतिशतले वढेको छ । यो अवधिमा निफ्टी बैंक २७५२.१० अंकले बढेको छ । यसमा १४.६५ प्रतिशतको प्रतिफल आएको छ । विएसइ मिडक्याप १७०० अंक अर्थात करिब १६.५ प्रतिशतले वढेको छ । त्यसैगरी विएसइ स्मल क्याप १७७० अंक अर्थात १९ प्रतिशतले वढेको छ । त्यसैगरी विएसइ ५०० इण्डेक्स २००६ अंक अर्थात १८.५ प्रतिशतले वढेको छ ।

अप्रिल महिनामा सेनसेक्स करीब १८.५ प्रतिशतले वढ्यो । त्यसैगरी यो अवधिमा विएसईमा सुचिकृत कम्पनीको कुल कजार पूँजीकरण १६ लाख करोड भारतीय रुपैयाँ वढेको छ । ३१ मार्चमा विएसइमा सुचिकउत कम्पनीको कुल कजार पूँजीकरण एक करोड १३ लाख ४८ हजार ७ सय ५६ करोड भारतीय रुपैयाँ थियो । यो पूँजीकरण वढेर अप्रिल ३१ मा १ करोड २९ लाख ४१ हजार ६ सय २० करोड भारतीय रुपैयाँ पुगेको छ ।