सारथी लघुवित्तको नाफा २ करोड ५ लाख

0
Shares

सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा २ करोड ५ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा लघुवित्तले ५२ लाख १३ हजार मात्र खुद नाफा आर्जन गरेको थियो।

अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको नाफा समीक्षा अवधिमा १ करोड ५३ लाख ३२ हजार रुपैयाँले बढेको हो।

चुक्ता पूँजी १३ करोड १६ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी २०.८१ रुपैयाँ रहेको छ। यस्तै जगेडा कोषमा ४ करोड ७६ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्म ३६ करोड ९३ लाख रुपैयाँ निक्षेप र बैंक तथा वित्तीय संस्थाबाट ९० करोड २७ लाख रुपैयाँ सापटी लिएको लघुवित्तले १ अर्ब ३४ करोड २८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।यसबाट ५ करोड १३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आवको यसै अवधिको तुलनामा ३ करोड ३४ लाख धेरै हो।

चैत मसान्तसम्ममा लघुवित्तको सञ्चालन मुनाफा ३५ लाखबाट बढेर १ करोड १२ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात बढेर १.१४ प्रतिशत पुगेको छ।

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तले एक आपसमा मर्जर सम्झौता गरेका कारण सूचीकृत नयाँ नेपालको नेप्सेमा माघ २१ गतेदेखि शेयर कारोबार रोक्का छ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमबार  १७ : २४ बजे