मञ्जुश्री फाइनान्सको अधिकांश सूचकमा उच्च बढोत्तरी

0
Shares

मञ्जुश्री फाइनान्स (MFIL) ले आफ्नो वित्तीय सूचकहरुमा उच्च बढोत्तरी गरेको अपरिस्कृत वित्तीय विवरण सावजनिक गरेको छ। 

फाइनान्सले चैत मसान्तसम्ममा १९ करोड ३२ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा ४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको फाइनान्सले ३२२ प्रतिशतले नाफा बढाएको हो।

मञ्जुश्री फाइनान्सले बचत संकलन ८९ करोडले बढाएको छ भने कर्जा लगानी पनि २२ करोड वृद्धि भएको छ। ५ अर्ब ५० करोड निक्षेप संकलन गरि ५ अर्ब ६१ करोड रुपैयाँ कर्जा परिचालन गरेको फाइनान्सले खुद ब्याज आम्दानीमा पनि उलेख्य बढोत्तरी गरेको छ।

चैत मसान्तसम्ममा कम्पनीले २९ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवको यसै अवधिमा यस्तो आम्दानी १८ करोड ९१ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५३.९१ प्रतिशत र सञ्चालन नाफा १८७.८४ प्रतिशतले सुधारिँदा खुद नाफा ह्वात्तै बढेको हो ।

८१ करोड चुक्ता पूँजी रहेको यस बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ४९ पैसा पुगेको छ। जगेडा कोषमा १९ करोड ७२ लाख रुपैयाँ र शेयरधनी कोषमा ११ करोड ९ लाख रुपैयाँ बाँड्न मिल्ने रकम रहेको छ। त्यसैगरी प्रतिशेयर नेटवर्थ १२५. ८० रुपैयाँ छ।

फाइनान्सको निष्क्रिय कर्जा अनुपात ०.४७ बिन्दुले बढेर ३.४३ प्रतिशत पुगेको छ नाफा बढेर इपिएसमा वृद्धि भएसँगै फाइनान्सको मूल्य आम्दानी अनुपात ७.५९ गुणामा झरेको छ।

प्रकाशित मिति: २२ वैशाख २०७७, सोमबार  १७ : ४१ बजे