आईपिओ जारी गर्ने क्रममा रहेको सानिमा लाइफको व्यवसायमा उच्च बढोत्तरी

0
Shares

सानिमा लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५७ करोड ५८ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीले गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १३० प्रतिशत बढी बीमा शुल्क संकलन गरेको हो। गत बर्षको यसै अवधिमा इन्स्योरेन्सले २४ करोड ९५ लाख ७४ हजार रुपैययाँ बराबरको बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत चैतमसान्तसम्म १४ लाख ९९ हजार खुद दाबी भुक्तानी गरेको छ।इन्स्योरेन्सले अभिकर्ता कमिशनबापत ११ करोड २७ लाख ९२ हजार रुपैयाँ खर्च गरेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सले बीमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

चैत मसान्तसम्ममा इन्स्योरेन्सले २० दाबीबापत ९२ लाख ७ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ। इन्स्योरेन्सले हालसम्म १ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ।

कम्पनीको गत चैतसम्मको खुद नाफा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ लाख ५५ हजार रुपैयाँ बढी हो।गत आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बीमांकीय मूल्याङ्कनपश्चात इन्स्योरेन्सको नाफा केही फरक हुनेछ।

हालसम्म आईपीओ निष्काशन नगरेको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ। इन्स्योरेन्सले ६० करोड बराबरको आईपीओ निष्काशन गरी चुक्ता पूँजी २ अर्ब पुर्याउनेछ।

जसको जगेडा कोषमा ११ करोड ८७ लाख, जीवन बीमा कोषमा ७७ करोड २३ लाख र महाविपत्ती कोषमा १ करोड ३१ लाख छ।

 

प्रकाशित मिति: २३ बैशाख २०७७, मंगलबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।