एभरेष्ट बैंक र एफवान सफ्टबीच सम्झौता, ‘ईबीएलटच २४ मा थपिए नयाँ सुविधा

0
Shares

 

एभरेष्ट बैंक र एफवान सफ्ट इन्टरनेशनलबीच मोबाईल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतासँगै अब एभरेष्ट बैंकको मोबाईल एप्स् ईबीएलटच २४ मा नयाँ सुविधा थपिएका छन् ।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गजेन्दर कुमार नेगी र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे ।

यो मोबाईल एप्स्मा अत्याधुनिक सुरक्षा प्रणाली अपनाइएको छ भने बैंकको ‘ईबीएलटच २४’ मा नयाँ सुविधाहरु थप गरिएको छ ।

ग्राहकहरुले यस एपमार्फत ५० भन्दा बढी बैंकका खाताहरुमा रकम ट्रान्सफर, बिजुली, पानीको महशुल, टिभी, इन्टरनेटको बिल भुक्तानी, मोबाइल रिचार्ज, हवाइ जहाज, बस तथा सिनेमा टिकटको अन्लाईन खरिद गर्नुका साथै एक लाखभन्दा बढी मर्चेन्टहरुमा क्युआर पेमेन्टबाट भुक्तानी गर्न सक्नेछन् । यसै गरी ग्राहकहरुको सहज्ता र सुरक्षाका लागि फिंगर प्रिन्ट वा फेस रेकोगनिशनबाट पनि सहजै कारोबार गर्न सकिनेछ ।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेका छन् । एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो । यस बाहेक बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरुको बीचमा सबैभन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रुपमा चयन भएको छ । हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ स्थानमा एटिएम रहेका छन् । आफ्नोे फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

सफट्वेयरको क्षेत्रमा ख्याति कमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।