धितोपत्र बोर्डले आगामी नीति तथा कार्यक्रमका लागि माग्यो सुझाव

0
Shares

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बनाउन सुरु गरेको छ।

बोर्डले आगामी आर्थिक २०७७/७८ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम बनाउन सरकोरवालाहरुसँग सुझाव संकलन थालेको हो।

जसका लागि बोर्डले सरोकारवाला पक्षहरुसँग सल्लाह सुझाव माग गरेको छ। बोर्डले सरोकारवालाहरु मार्फत प्राप्त हुने सुझावलाई आगामी नीति तथा कार्यक्रममा समावेश गर्ने जनाएको छ।

नेपाल धितोपत्र तथा वस्तु विनियम बजारको विकास तथा विस्तारका लागि बोर्डले नियमन तथा सुपरिवेक्षण क्षमता अभिवृद्धि गर्दै बजारलाई स्वच्छ, दिगो, पारदर्शी र अत्याधुनिक बनाउँदै लैजानुपर्ने अवस्था रहेको बोर्डको भनाई छ ।

सरोकारवालहरुले बजारको विकास विस्तार तथा सुधारका लागि आफ्नो सल्लाह तथा सुझाव जेठ ९ गतेसम्म पेश गर्न सक्ने छन्। बोर्डले हरेक वर्ष यसैगरी नीति तथा कार्यक्रम बनाउनु अगाडि सल्लाह सुझाव माग गर्दै आएको छ।