लकडाउन अघिको शेयर कारोबारको राफसाफ सोमबारबाट हुने

0
Shares

लकडाउनका कारण रोकिएको शेयर कारोबारको राफसाफ प्रक्रिया बैशाख २९ गते सोमबारबाट हुने भएको छ।

सिडीएस एण्ड क्लियारिङले चैत११ गतेदेखि लकडाउन सुरु भएको कारण चैत १० गते अघि भएको शेयर कारोबारको बाँकी राफसाफ सोमबारदेखि सुरु गरिने जानकारी दिएको हो ।

सिडीएसका अनुसार चैत्र ९ गते आइतबार भएको कारोबारको राफसाफ गर्न बाँकि छ । त्यस दिन १९ करोड ४६ लाख बराबरको कारोबार भएको थियो ।

राफसाफ सोमबारदेखि सुरु भए पनि कार्यालय भने आइतबारदेखिनै खुल्ने छ ।  धितोपत्र बोर्डले आइतबार देखिनै कार्यालय खोल्न निर्देशन दिइसकेको छ ।

शेयर कारोबार भने बैशाख ३० गते मंगलबार देखि मात्र खुल्ने छ ।

प्रकाशित मिति: २७ बैशाख २०७७, शनिबार  ०७ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।