
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले चालु आर्थिक वर्षका तेस्रो त्रैमाससम्ममा ३० करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गत आवको यसै अवधिमा २८ करोड ५५ लाख नाफा कमाएको लघुवित्तले १ करोड ७२ लाख रुपैयाँले नाफा बढाएको हो।
गत आवमा २६ प्रतिशत बोनस बाँडेर ७९ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी पुरयाएको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५०.९५ रुपैयाँ कायम छ। पूँजी बढेको अनुपातमा नाफा बढ्न नसक्दा लघुवित्तको इपिएस घटेको हो। गत चैतमा ६०.५३ रुपैयाँ इपिएस थियो।
लघुवित्तको जगेडा कोष ९८ करोड ७९ लाखबाट बढेर १ अर्ब ३१ करोड ६० लाख रुपैयाँ पुग्दा प्रतिशेयर नेटवर्थ २६६.०८ रुपैयाँ रहेको छ। खराब कर्जा अनुपात ०.७८ बिन्दु बढेर १.७० पुगेको छ भने मूल्य आम्दानी अनुपात २२.९९ गुणा छ।
चैत मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ५ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन र बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब १२ करोड ९३ लाख रुपैयाँ सापटीबाट १५ अर्ब ७२ करोड ८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
यसबाट लघुवित्तले ८१ करोड २८ लाख ९३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४ करोड ३८ लाखले बढेको हो। यस्तै सञ्चालन नाफा ३ करोड १९ लाख बढेर ४८ करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ।
खराब कर्जा बढेपछि लघुवित्तले गत आवको तुलनामा झण्डै दोब्बर ८ करोड ७१ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्थापन रकम छुट्टाएको छ।
लघुवित्तको कोषको लागत ९.४७ प्रतिशत रहेको छ।












प्रतिक्रिया