महिला सहयात्रा लघुवित्त (MSLBS) को खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा ७५.७१ प्रतिशतले घटेको छ।
गत आवको चैत मसान्तसम्ममा १ करोड ८९ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा ४६ लाख २ हजारमा संकुचित बनेको हो।
लघुवित्तको खराब कर्जा अनुपात पनि ह्वात्तै बढेको छ। गत आवको चैतमा २ प्रतिशत रहेको यस्तो अनुपात ४.२८ प्रतिशतमा बढोत्तरी भएको हो। खराब कर्जा बढेसँगै लघुवित्तले गत चैतभन्दा २ करोड लाख बढी अर्थात ३ करोड ६७ लाख रुपैयाँ नोक्सानी व्यवस्था गरेको छ भने १ करोड ३८ लाखको पुरानो खराब कर्जा असुली गरेको छ।
समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा बढेपछि सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याउनु पर्दा खुद नाफा घटेको हो।
चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १५.८१ रुपैयाँ घटेर ५.०७ रुपैयाँमा झरेको छ।
लघुवित्तको जगेडा कोषमा तीन करोड ९४ लाख रुपैयाँ सञ्चित छ। गत आवको यसै अवधिमा २ करोड ९० लाख थियो। यस अवधिमा लघुवित्तको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १२०.३७ गुणा छ।
चैत मसान्तसम्ममा ३७ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले ९० करोड ३८ लाख रुपैयाँ अन्य बैंक तथा वित्तीय संस्था मार्फत ऋण लिएर एक अर्ब ४४ करोड ६० लाख कर्जा लगानी गरेको छ।
यसबाट उसले ६ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल यस लघुवित्तले ३ करोड ६७ लाख रुपैयाँ सम्भावित जोखिम बापतको व्यवस्थाका लागि छुट्याएको छ। यस पश्चात लघुवित्त ६३ लाख सञ्चालन नोक्सानीमा पुगको हो। गत आवको यसै अवधिमा लघुवित्त २ करोड ३४ लाख सञ्चालन नाफामा थियो।












प्रतिक्रिया