जानकी फाइनान्स लिमिटेड(JFL) खराब कर्जाले नराम्रोसँग थिचिएको छ। चैत मसान्तसम्मको वित्तीय विवराण् अनुसार कम्पनीको खराब कर्जा अनुपात ८.२७ प्रतिशत पुगेको छ। गत आवको यसै अवधिमा फाइनान्समा ४.९५ प्रतिशत यस्तो अनुपात रहेकोमा ३.३२ प्रतिशतबिन्दु बढेको हो।
खराब कर्जा अनुपात ह्वात्तै बढ्दा फाइनान्सको सम्भावित कर्जा नोक्सानी व्यवस्थापन रकम पनि अचकाली बढेको छ। गत आवको चैतमा १ करोड ८८ लाख रुपैयाँ राखेकोमा हाल ६ करोड ४४ लाख रुपैयाँ यसमा छुट्टाउँदा फाइनान्सको खुद नाफा घट्न पुगेको छ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा फाइनान्सले ४ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिसम्ममा फाइनान्सले ५ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको फाइनान्सको नाफा १ करोड २ लाख रुपैयाँ घटेको हो।
चुक्ता पूँजी ६० करोड ४ लाख रुपैयाँ रहेको फाइनान्स फाइनान्सको नाफा घटेसँगै ५.०७ रुपैयाँ प्रतिशेयर आम्दानी घटेर १०.४८ रुपैयाँमासीमित भएको छ। यस अवधिमा फाइनान्सको जगेडा कोषमा १६ करोड ९० लाख रुपैयाँ र शेयरधनी कोषमा ५ करोड ७१ लाख रुपैयाँ सञ्चित छ।
चैत मसान्तसम्ममा फाइनान्सले २ अर्ब ४४ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड ३६ लाख रुपैयाँ कर्जा लगानी गरि १४ करोड ५१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो ब्याज आम्दानी गत चैतको तुलनामा ३ करोड ५३ लाखले वृद्धि भएको हो।
प्रतिक्रिया