
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभर हालसम्म रियल टाइम पोलिमरेज चेन रियाक्सन (पीसीआर) र र्यापिड डाइग्रोस्टिक टेस्ट (आरडीटी) प्रविधिबाट गरी कूल ७६ हजार ३५५ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गरिएको जनाएको छ।
त्यसमध्ये पीसीआर प्रविधिबाट १७ हजार ८०९ र आरडिटी प्रविधिबाट ५८ हजार ५४६ जनामा कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। विकास देवकोटाले गत २४ घण्टामा मुलुकभर थप २ हजार ७९९ जनामा कोरोना परीक्षण गरिएको जानकारी दिए।
हालसम्म आरडिटी प्रविधिबाट प्रदेश नं १ मा ७ हजार ७३७, प्रदेश नं २ मा ५ हजार ९२७, वाग्मती प्रदेशमा ९ हजार २९०, गण्डकी प्रदेशमा ६ हजार ४८४, प्रदेश नं ५ मा ६ हजार ९८५, कर्णाली प्रदेशमा ७ हजार ११४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा कोरोनाको नमुना परिक्षण गरिएको छ।
- क्वारेटाइनमा बस्नेको संख्या घट्दै, ३४२ जना ‘रेडजोन’ मा
मुलुकभर हालसम्म जम्मा १२ हजार ७०१ जना क्वारेटाइनमा रहेका छन् । जसमध्ये प्रदेश नम्बर एक मा १ हजार ४७ जना, प्रदेश नम्बर दुईमा १ हजार ५१७ जना, वाग्मती प्रदेशमा ११८ जना, गण्डकी प्रदेशमा ३१६ जना, प्रदेश नम्बर पाँचमा ४ हजार ९४३ जना, कर्णालीमा १ हजार ७४५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।
आइतबारसम्म १३ हजार ६२५ जना क्वारेटाइनमा रहेका थिए। पछिल्ला दिनमा क्वारेन्टाइनमा बस्नेहरुको संख्या घट्दै गएको छ। आइतबार भन्दा सोमबार ९२४ जनाले घटेको हो।
आइसोलेशनमा रहेका सम्भावित सङ्क्रमित तथा बिरामीको सङ्ख्या कूल १५३ रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। जसमध्ये प्रदेश नम्बर १ मा २४, २ मा ३९, वाग्मतीमा २६, र गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा ६३ जना र उपत्यकामा १ जना रहेका छन्।
मन्त्रालयका दुई वटा कल सेन्टर १११५ र ११३३ मा गत २४ घण्टामा १ हजार ६११ स्वास्थ्य जिज्ञासा सम्बन्धी कलहरु प्राप्त भएका र स्वास्थ्यकर्मी तथा चिकित्सकबाट त्यसको उत्तर दिइएको उनले बताए।
त्यसैगरी मन्त्रालयको वेभपेज र मोबाइल एप हाम्रो स्वास्थ्यमा हालसम्म ३४ हजार ५१९ जनाले आफ्नो स्वास्थ्य स्थिति जाँच गराएका छन्। पछिल्लो २४ घण्टामा २६२ आफ्नो स्वास्थ्य विवरण ‘इन्ट्री’ गराएका छन् भने त्यसबाट २ जना व्यक्ति ‘रेडजोन’ मा परेका छैनन् । रेड जोनाम पर्नेरुको संख्या ३४२ नै रहेको छ।
रेडजोेनमा परेका व्यक्ति भनेका सम्भावित सङ्क्रमित व्यक्ति हुन । जसलाई प्रदेशका स्वास्थ्य निकाय र मन्त्रालयको ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले टे«सिङको कार्य गरिरहेको उनले बताए।












प्रतिक्रिया