नयाँ दुई लघुवित्तको यस्तो छ तेस्रो त्रैमासिक प्रगति

0
Shares

नेप्सेमा सूचीकृत नभएका दुई लघुवित्त कम्पनीहरु श्रृजनशील र उपकार लघुवित्त वित्तीय संस्थाले आफ्नो तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेका छन्। जसमा श्रृजनशीलले नाफा कमाउँदा उपकार लघुवित्त भने नोक्सानीमा गएको छ।

वित्तीय विवरण अनुसार सिराहा गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशीलले चैत मसान्तसम्ममा १ करोड ७१ लाख २५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उता कोहलपुर बाँकेमा केन्द्रीय कार्यालय रहेको उपकार लघुवित्तले भने १ करोड ३६ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ।

वित्तीय विवरण अनुसार श्रृजनशीलको चुक्ता पूँजी ७ करोड र उपकारको ४ करोड २० लाख रुपैयाँ रहेको छ। यस्तै जगेडा कोषमा क्रमश ६ करोड २४ लाख र ५ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ। यस आधारमा नोक्सानीमा गएको उपकारको पूँजीभन्दा जगेडा कोष मजबुत रहेको देखिन्छ।

श्रृजनशीलको खराब कर्जा अनुपात १.५७ र उपकारको ३.०७ प्रतिशत रहेको छ।

प्रकाशित मिति: ३० बैशाख २०७७, मंगलबार  ०७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।