स्वाभिमान लघुवित्तको खुद नाफा घट्यो

0
Shares

स्वाभिमान लघुवित्त (SMFBS) ले खुद नाफा घटेको वित्तीय विवरण सर्वजनिक गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ४४ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा घटेर १ करोड २६ लाख ९७ हजारमा झरेको हो।

चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ रहेको लघुवित्तको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी २२.०७ रुपैयाँमा संकुचित बनेको छ।
यस अवधिमा लघुवित्तले ३५ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन तथा ५८ करोड ३१ लाख रुपैयाँ सापटि लिएर ९३ करोड ७० लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यस अवधिमा कम्पनीको खुद व्याज आम्दानी ३ करोड ५ लाखबाट ४ करोड १२ लाख रुपैयाँ पुगेको छ। उता खराब कर्जा अनुपा बढ्दा कर्जा नोक्सानी वापत १ करोड १५ लाख जोखिम ब्यवस्गापन गर्दा सञ्चालन नाफा २ करोड ९ लाखबाट १ करोड ४३ लाखमा झरेको छ।

लघुवित्तको जगेडा कोषमा १ करोड ९० लाख रुपैयाँ संचित छ। लघुवित्तको खराब कर्जा अनुपात ०.५५ बाट बढेर १.८४ प्रतिशत पुगेको छ । यस अवधि सम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १२४.८५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४०.३२ गुणा छ ।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।