शेयर कारोबार खुल्न लागेको नेपाल पूनर्बीमा कम्पनीको नाफा बढ्यो

0
Shares

चैतमा १ अर्ब ६० करोडको प्राथामिक शेयर निष्काशन गरि बाँडफाँड गरेको नेपाल पूनर्बीमा कम्पनी (NRICL) को नाफा चालु आवको पुस मसान्तसम्ममा ११.७२ प्रतिशत अर्थात ६ करोड ८४ लाख १ हजार रुपैयाँले बढोत्तरी भएको वित्तीय विवरण सार्वजनिक भएको छ।

पुस मसान्तसम्ममा कम्पनीको निर्जीबन र जीबन दुबै गरि खुद नाफा ६२ करोड ३३ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जसमध्ये निर्जीबन बीमा ब्यवसायबाट ५६ करोड ३२ लाख ५९ हजार र जीबन बीमा ब्यवसायबाट ६ करोड १ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको हो।

गत आवको यसै अवधिमा कम्पनीले निर्जीवन व्यवसायबाट ५० करोड १२ लाख १ हजार र जीबन व्यवसायबाट ५ करोड ६७ लाख ५९ हजार रुपैयाँ खुद गरि कूल ५५ करोड ७९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको जीबन बीमा व्यवसायबाट प्राप्त नाफा ६ करोड २० लाख ५७ हजार अर्थात १२.३८ प्रतिशत र निर्जीबन बीमा ब्यवसायबाट प्राप्त नाफा ३३ लाख ४३ हजार अर्थात ५.८९ प्रतिशतले बढोत्तरी भएको हो।

अन्य कम्पनीहरुको चैत्रसम्मको (तेस्रो त्रैमासिक) वित्तीय विवरण प्रकाशनमा आइरहेपनि कम्पनीले भने बल्ल पुसको (दोस्रो त्रैमास) वित्तीय विवरण सावजनिक गरेको हो।

यसैगरि चालु आवको ६ महिना अवधिमा कम्पनीले पुनर्बीमा कमिशन वापतको आय घटेर २ करोड १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। जुन गत आवको पुसको तुलनामा २ करोड ९८ लाख रुपैयाँ कम हो।

दोस्रो त्रैमास अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ८१ करोड ७३ लाख रुपैयाँ र जीवन व्यवसायबाट १९ करोड ९८ लाख १३ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। गत आवको यसै अवधिसम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट २ अर्ब ७९ करोड २० लाख रुपैयाँ तथा जीवन व्यवसायबाट १९ करोड ८६ लाख ३९ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो।

आईपीओ पूँजीकृत हुनअघि कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ। यस्तै कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोष १ अर्ब ७७ करोड ३० लाखबाट २ अर्ब ५ करोड रुपैयाँमा तथा जीबन बीमातर्फ ४० करोड ३ लाखबाट ४८ करोड ४६ लाखमा बढोत्तरी भएको छ।

कम्पनीको बीमाकोष ३६ करोड १४ लाख रुपैयाँले वृद्धि भई १ अर्ब ४७ करोड रुपैयाँ सञ्चित हुन पुगेको छ।

यस अवधिसम्म कम्पनीले निर्जीबन बीमातर्फ ८५ करोड १५ लाख र जीबन बीमातर्फ ४ करोड २६ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ। गत आवको यसै अवधिमा कम्पनीको निर्जीबन बीमातर्फ २९ करोड ९२ लाख र जीबन बीमातर्फ ३ करोड ८७ लाख मात्र दाबी भुक्तानी गर्न बाँकी थियो।