तेस्रो त्रैमासमा कुन बैंकको प्रतिशेयर आम्दानी कति ?

0
Shares

चालु आवको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले न्यूनतम ५.४४ रुपैयाँ देखि ४४.९६ रुपैयाँसम्म प्रतिशेयर आम्दानी कायम गरेका छन्। यस अवधिमा वाणिज्यको बैंकहरुको औषत प्रतिशेयर आम्दानी २२.१५ रुपैयाँ कायम भएको छ।

शेयर बजारमा सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै इपिएस काय रहँदा सिभिल बैंक सबैभन्दा कम इपिएस हुने वाणिज्य बैंकको रुपमा देखिएको छ।

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै चुक्ता पूँजी रहेको ग्लोबल आईएमई बैंक वार्षिक प्रतिशेयर आम्दानीका आधारमा २७ बैंकमध्ये १३ औं स्थानमा रहेको छ।

सूचीकृत बैंकहरुमध्ये खुद नाफामा पनि सबैभन्दा अगाडि रहेको नबिल बैंक पहिलो नम्बरमा हुँदा एभरेष्ट, एनआईसी एशिया, हिमालयन, र स्ट्याण्डर्ड चार्टर्ड सूचीकृतमध्ये धेरै प्रतिशेयर आम्दानी हुने पाँच बैंकभित्र समेटिएका छन्।

हेरौं कुन बैंकको प्रतिशेयर आम्दानी कति ?

(माथिको तालिकामा ग्लोबल आईएमई बैंकको नाफामा जनता बैंकको ४५ करोड १३ लाख नाफा समावेश गरिएको छैन,। सो नाफा जोड्दा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.१६ रुपैयाँ हुन आउँछ।)