मंगलबार र बुधबारको कारोबार रद्द गर्न लगानीकर्ताका संघ संस्थाको माग

0
Shares

शेयर लगनाीकर्ताका संघ संस्थाहरुले गत मंगलबार र बुधबारको शेयर कारोबार रद्द गर्न माग गरेका छन्।

लगानीकर्ता संघहरुले लकडाउनको समयमा खुलेको दुई दिनको शेयर कारोबार रद्द गर्न माग गरेका ह्न्। लकडाउनको समयमा शेयर लगानीकर्ताको न्युन सहभागिता भएकाले वहुसंख्यक लगानीकर्ताहरूको सम्पत्तिको सुरक्षा गर्ने कार्यमा सहयोग गर्न कारोबार रद्द धितोपत्र बोर्डसँग माग गरेको हो ।

लगानीकर्ताका चारवटा संगठनले एक विज्ञप्ति जारी गर्दै आगामी दिनमा कारोवार संचालन गर्दा कोरोना भाईरसको प्रभाव अन्त्य नभएसम्मको लागि उपयुक्त विकल्पको खोजी गरी र पूर्ण स्वचालित प्रविधिलाई प्राथमिकतामा राखी कारोवार गराउन आग्रह गरेका छन्।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार  १९ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।