कोभिड–१९ बाट सङ्क्रमित भएकामध्ये आज थप एक जना निको भएर घर फकिएसँगै कोभिड पराजित गरि घर फर्किनेको संख्या ३६ पुगेको छ। हालसम्म २७६ जनामा संक्रमण पुष्टि भएकोमा २४० जना देशभरका विभिन्न अस्पतालरुमा आइसोलेसनमा उपचाररत रहेका छन्।
कोशी अस्पतालमा उपचार गराइराखेका उदयपुरका २५ वर्षीय पुरुष निको भएर घर गएका हुन्। २७ दिनअघि कोरोना भाइरस देखा परेपछि उनी कोशी अस्पतालमा उपचार गराइरहेका थिए।
त्यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालले कोभिड–१९ का बारेमा जानकारी दिन अडियोमार्फत समस्या सङ्कलन गरी सम्बोधन शुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नागरिकको सहजताका लागि यस किसिमको व्यवस्था शुरु गरेको बताए।
सरकारले शुक्रबारसम्म २३ हजार ९१४ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परीक्षण गरेको छ। आरडिटी विधिबाट ६३ हजार ८५ मा नमूना परीक्षण गरेको छ। हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ६८३ रहेको छ ।
कोभिड–१९ को परीक्षण दायरा बढाउने उद्देश्यले बिहीबार सरकारले विभिन्न प्रदेशमा हवाई तथा स्थलमार्गबाट १४ हजार ७०० थान ¥यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) कीट पनि पठाएको छ ।












प्रतिक्रिया