लघुवित्त क्षेत्रकै ठूलो आईपीओ ल्याउन लागेको एनआइसी एसियाले बढायो नाफा

0
Shares

लघुवित्त क्षेत्रकै ठूलो आईपीओ ल्याउन लागेको एनआइसी एसिया लघुवित्तले खुद नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले १२ करोड २७ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ७ लाख ८४ हजार ५१ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तले ५६.३९ प्रतिशतले नाफा बढाएको हो ।

चुक्ता पूँजी १ अर्ब ४५ लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी रुपैयाँ रहेको छ। यस्तै जगेडा कोषमा २२ करोड ७५ लाख ९ हजार रुपैयाँ र खराब कर्जा अनुपात ०.३२ प्रतिशत रहेको छ ।

चैत मसान्तसम्म लघुवित्तले २७ करोड ११ लाख ३२ हजार रुपैयाँ खुद ब्याज आम्दानी र १५ करोड ४८ लाख ५५ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकति दरमा ४७ लाख ५५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको लघुवित्तले लकडाउनका कारण सर्वसाधारणमा शेयर जारी गर्न पाएको छैन। लकडाउन लगत्तै लघुवित्तको शेयर बिक्रीमा ल्याउने तयारी गरिएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

लघुवित्तले जारी गर्ने आईपीओ हालसम्म जारी भएका शेयरभन्दा ठूलो हो।