‘अरु देशको भन्दा भारतबाट भित्रिएको कोरोना कडा देखियो’ प्रधानमन्त्री


प्रधानमन्त्री केपी ओलीले भारतबाट भित्रिएको संक्रमण अन्य मुलुकबाट भित्रिएकोभन्दा कडा भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन, संयुक्त अबर इमिरेट्स, इटली लगायत मुलुकबाट नेपाल भित्रिएको कोरोना संक्रमणभन्दा भारतबाट भित्रिएको संक्रमण कडा भएको बताएका हुन् ।

पछिल्ला दिनहरुमा भारततर्फको सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्नेहरुको संख्या नियन्त्रण हुन नसकेको अवस्थामा संक्रमण तिब्र बन्दै गएको छ ।

कोरोनामुक्त मुलुकका रुपमा रहने लक्ष्य लिइएको भए पनि अिन्य मुलुकबाट नेपाल आउनेलाई नियन्त्रण गर्न नसक्दा सफलता हासिल गर्न नसकेको प्रधानमन्त्री ओलीले बताए । आम नागरिकलाई एकजुट भएर कोरोना संक्रमण विरुद्धको अभियानमा जुट्न पनि उनले सबैलाई आग्रह गरे ।

चीनको वुहानमा संक्रमण देखिएका बेला नै संक्रमण नियन्त्रणको तयारी थालिएको उनको भनाई थियो । कोरोना संक्रमण नियन्त्रणमा सरकारले चालेका कदमलाई राजनितिकरण गरिएको भन्दै उनले दुखः व्यक्त गरे । त्यस्ता गतिविधिलाई सरकारले वास्ता नगर्ने बताउँदै उनले कोरोना नियन्त्रण गर्दै कोरोना मुक्त नेपाल बनाउने काम पहिलो प्राथमिकता भएको बताए ।

भिडियो हेर्नुहोस् :