हिजो बल गरेर पोलिसी खरीद नगर्नेले आज खोजेर बीमा गर्नुपर्ने अवस्था आएको छ: पराजुली

0
Shares

अहिलेको अवस्था नयाँ बीमा कम्पनीहरुलाइ बिजनेस कस्टको चुनौति रहेको छ । त्यसका साथै नवीकरणीय व्यवसायलाई कसरी निरन्तररता दिने भन्ने पनि उत्तिकै चुनौतिपूर्ण छ। केही दिन अघि मात्र बीमा समितिले अनलाइन मार्फत बीमा ब्यावसाय गर्न सकिने व्यवस्था गरिदिएको अवस्था छ। यसले अहिलेको अवस्थामा बीमा कम्पनीहलाई सेवा प्रदान गर्न तथा व्यवसाय विस्तार गर्न केही सहज हुने देखिन्छ ।

त्यसका साथै अनलाइन मार्फत तालीम समेत दिन सकिने व्यवस्था गरेकाले बजारमा नयाँ र फरक डाइमेन्सन सुरु भएको छ । जुन अहिलेको समाजिक दूरी कायम गर्नुपर्ने अवस्थामा धेरै नै उपयुक्त देखिन्छ । यसलाई हामी बीमा सेवा प्रदायक कम्पनीले कसरी प्रयोगमा ल्याउँछन भन्ने कुराले महत्वपूर्ण भुमिका निवार्ह गर्छ ।

बीमा पोलिसीको निरन्तरता भनेको बीमितको पोलिसी खरीद गर्न सक्ने क्षमतासँग जोडिएको हुन्छ । अहिलेको अवस्थामा सबै क्षेत्र प्रभावित भएको हुनाले बीमा कम्पनीका ग्राहक पनि त्यसबाट टाढा छैनन्।

अहिलेको अवस्थामा बीमाको पहुँच शहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा धेरै हुँदै गईराखेको छ । त्यसका साथै वैदेशिक रोजगारीमा गएका घरपरिवारले रेमिट्यान्स मार्फत बीमा पोलिसी खरीद गर्ने वा नविकरण गर्ने गरेको हुनाले कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको हुँदा रेमिट्यान्समा पर्ने असरले यो क्षेत्र पनि प्रभावित हुने देखिन्छ।

विदेशबाट नेपाल भित्रिएको जनशक्तीका आन्तरिक रुपमा नै रोजगार सृजना गर्नका लागि आगामी आर्थिक वर्षको बजेट मार्फत कस्तो खालको कार्यक्रम आउँछ त्यसले बीमा कम्पनीहरुको आगामी दिनको व्यवसाय निर्धारण हुने देखिन्छ ।

अहिलेको अवस्थामा बीमा महत्व बुझाई राख्न जरुरी छैन। अहिलेको अनिश्चितताको समयमा सबैले बीमालाइ बुझेको अवस्था छ। हिजोको दिनमा बीमा कम्पनीले बल गरेर पनि पोलिसी खरीद नगर्ने व्यक्ति तथा संस्थाले आज खोजेर नै बीमा गर्नुपर्ने अवस्था आएको छ।

कोरोना भाइरसको समस्या कहिलेसम्म हो भन्ने निश्चित छैन। त्यसैले सामाजिक दूरीलाई कायम गर्दै आर्थिक गतिविधिलाई निरन्तरता दिएको खण्डमा बीमा कम्पनीलाई पुरानो व्यावसाय नवीकरण गर्न तथा नयाँ व्यवसाय विस्तार गर्न समेत सहज हुन्छ ।

आर्थिक समृद्धिका लागि आर्थिक गतिविधि चलायमान बनाउने बित्तिकै बीमा कम्पनीहरु पनि पुरानो व्यवसायलाई नवीकरण गरेर नयाँ व्यवसायको समेत खोजी गर्नसक्ने अवस्था हुन्छ ।

(नोटबजार डटकमले कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग आयोजना गरेको कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल विषयक भर्चुअल अन्तरकृयामा रिलायनस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले राखेको विचारको संम्पादित अंश)