लक्ष्मी इक्विटी फण्ड (LEMF) को चैत मसान्तको तुलनामा बैशाख मसान्तमा २५ पैसाले प्रतिइकाई खुद सम्पत्ति मूल्य घटेको छ। कम्पनीले सार्वजनिक गरेको मासिक वित्तीय विवरण अनुसार ९ रुपैयाँ ४७ पैसाबाट ९ रुपैयाँ २२ पैसामा झरेको हो।
पछिल्लो दुई दिन खुलेको शेयर बजार दुबै दिन नकारात्मक सर्किट लागेर बन्द भएपछि म्युचुअल फण्डहरुको सूचीकृत शेयरमा गरिएको लगानीको रकम घट्दा प्रतिइकाई खुद सम्पत्ति मूल्यमा संकुचन देखा परेको हो।
एक अर्ब २५ करोड आकारमा सञ्चालित यस फण्डको चैत मसान्तमा खुद सम्पत्ति १ अर्ब १५ करोड २५ लाखमा झरेको छ। चैत मसान्तमा यस्तो सम्पत्ति १ अर्ब १८ करोड ६६ लाख रुपैयाँ रहेकोमा समिक्षा अवधिमा ३ करोड ४१ लाखले घटेको हो।
बैशाख महिनामा फण्डको ६८ वटा सूचीकृत कम्पनीको शेयरमा ६८ करोड ९६ लाख ३ हजार रुपैयाँ बराबरको लगानी रहेको छ। चैतमा ७२ करोड ५ लाख ४७ हजार रुपैयाँ रहेको थियो ।
बैशाखमा सबैभन्दा धेरै नेपाल बैंकको १ लाख ३३ हजार ६९५ कित्ता शेयरमा ३ करोड १६ लाख ८५ हजार बराबरको लगानी छ । फण्डको बैंक मौज्दात पनि चैतको तुलनामा १ करोड ८९ लाखले घटेर बैशाखमा ३३ करोड ३७ लाख १० हजार रुपैयाँमा आएको छ ।
बैशाख मसान्तमा लक्ष्मी इक्विटी फण्ड १८ करोड ४७ लाख ९ हजार नोक्सानीमा रहेको छ। चैतमा भने १५ करोड ३१ लाख १८ हजार रहेकोमा ३ करोड १५ लाख ९१ हजारले नोक्सानी बढेको हो।
प्रतिक्रिया