जलविद्युत आयोजनाहरु पनि एक आपसमा मर्ज हुन सक्ने

0
Shares

विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीबीच गाभ्ने/गाभिने प्रक्रियालाई सरलीकृत गर्न ‘विद्युत् नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका २०७७’ जारी गरेको छ ।

आयोगको जेठ २२ गते बसेको सञ्चालक समिति बैठकले उक्त मस्यौदा सार्वजनिक गर्दै सरोकारवाहरुसँग राय–सुझाव तथा प्रतिक्रिया माग गरेको छ । सरोकारवालहरुको सुझाब तथा प्रतिक्रियापछि मस्यौदालाई अन्तिमरुप दिने आयोगले जनाएको छ।

विद्युत् बजारमा प्रतिस्पर्धा कायम गर्न तथा उपभोक्ताको हित संरक्षण गर्नका लागि निर्देशिका ल्याइएको आयोगले जनाएको छ । निर्देशिका अनुसार आर्थिक रूपमा कमजोर, उपभोक्ता तथा लगानीकर्ताको हित संरक्षण गर्न असफल तथा बजारमा प्रतिस्पर्धा गर्न नसक्ने जलविद्युत् कम्पनीहरू आपसमा गाभिन सक्नेछन् ।

निर्देशीका अनुसार एक आपसमा गाभिन चाहाने पब्लिक कम्पनीले साधारणसभाबाट तथा प्राइभेट कम्पनीले संचालक समितिबाट मर्जर प्रस्ताव पारित गरि आयोगमा निवेदन दिनुपर्नेछ । आयोगले विगत तीन वर्षदेखि वित्तीय स्थिति खस्कदै गएको वा कार्य संचालनका लागि पूँजीकोष अप्रर्याप्त रहेका कम्पनीहरुलाई मर्जर आदेश दिन सक्नेछ ।

विद्युत् नियमन आयोग अनुमति प्राप्त व्यक्ति वा आयोजना गाभिने, प्राप्ति, खरिद बिक्री, ग्रहण वा हस्तान्तरण सम्बन्धी निर्देशिका २०७७

प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।