नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिले पूँजी बजारको समस्या सम्बोधन गर्ने बताएका छन् ।
नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सव कार्यक्रमलाई आइतबार अनलाइनबाटै सम्बोधन गर्दै अधिकारीले पूँजी बजारमा आधुनिक उपकरण तथा औजारहरुको प्रयोग गर्नुपर्ने आवश्यकता औल्याँउदै अब चाँडै ल्याउन लागेको मौद्रिक नीतिले शेयर बजारका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
नेपालको शेयर बजार अझै परिपक्व हुन धेरै बाँकी रहेको र त्यसको लागि प्रविधिको क्षेत्रमा अझै धेरै काम गर्न आवश्यक रहेको उनको भनाई थियो।
गभर्नर अधिकारीले पूँजी बजारमा वित्तिय क्षेत्रको सबै भन्दा ठूलो हिस्सा रहेकाले मौद्रिक नीतिबाट पूँजी बजारको दिगो विकासका लागि आवश्यक नीति अघि सार्ने प्रतिवद्धता जनाए । साथै उनले सबै क्षेत्रको आत्मविश्वास घटिरहेका बेला नियामकहरुले आत्मबल दिनु पर्ने अवस्था रहेको बताए।
प्रतिक्रिया