चकलेटको भन्सारदर घट्दा १२३ कम्पनीलाई लाभ पुग्छ – अर्थमन्त्री

0
Shares

अर्थमन्त्री डा. युवराज खतिवडाले चकलेटमा लाग्दै आएको भन्सार दर प्रकृयागत रुपामा घटाइएको र यो स्वाभाविक रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे जवाफ दिदै अर्थमन्त्री खतिवडाले अघिल्लो बर्ष बढाइएको चकलेटको भन्सादर यसवर्ष घटाइएको प्रष्ट पारे।

अघिल्लो वर्षसम्म ३० प्रतशित भएको भन्सारदर गएको वर्ष ४० प्रतिशत कायम गर्दा चोरी पैठारी बढेपछि ३० प्रतिशतमा झारिएको उनको भनाई छ। चकलेटको भन्सार दर घटाएर कुनै पनि व्यवसायीलाई लाभ पुग्ने अवस्था नहरेको भन्दै उनले १२३ फर्मले चकलेट आयात गर्ने तथ्य अघि सारे ।

उनले चकलेटको मात्र नभई केही खाद्य वस्तुको भन्सार दर र मूल्य अभिवृद्धि कर हटाइएको/ घटाइएको जानकारी गराए ।

साथै उनले विजुलीबाट चल्ने गाडीले खपत गरेर नेपालमा उत्पादन भएको बिजुली सदुपयोग नहुने बताए ।