ङादी ग्रुुप पावरको साधारण सभा असार १० गते, दश प्रतिशत लाभांश दिने

0
Shares

ङादी ग्रुुप पावर लिमिटेडको यसअघि स्थगित छैठौ वार्षिक साधारण सभा असार १० गते हुने भएको छ ।

यसअघि फागुन २७ गते डाकिएको सभा कोरोनाका कारण स्थगित गरिएको थियो । साधारण सभा कम्पनीको रजिष्ट्रार कार्यालय, अनामनगर, काठमाडौंमा विहान १० बजे शुरु हुनेछ ।

उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कर सहित प्रस्तावित १० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ।

हाल उक्त कम्पनीको चुक्तापूँजी ५३ करोड ५५ लाख ५४ हजार रहेको छ । कम्पनीले सोहि पूँजीको आधारमा नगद लाभांश दिन लागेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसमेत गर्नेछ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। फागुन १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन्। ।

कोरोना संक्रमण कायम रहेको बेला सभामा उपस्थित हुने सदस्यहरुले मास्क, पञ्जा, सेनिटाइजर लगाएत आवश्यक सुरक्षाको सामग्री प्रयोग गर्न र एक मिटरको सामाजीक दुरी कायम हुने गरि सिटमा बस्न पनि कम्पनीले आग्रह गरेको छ।