प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री पुन: खुल्यो

0
Shares

लकडाउनका कारण स्थगित भएको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री पुनस् खुलेको छ ।

कम्पनीले निष्कासन गरेको ६० प्रतिशत हकप्रद शेयरमा यहि असार ७ गतेदेखि १९ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। यसअघि कम्पनीले फागुन १८ गतेदेखि हकप्रद शेयरको बिक्री खुला गरेकोमा सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेपछि हकप्रदको बिक्री स्थगन गरिएको थियो।

इन्स्योरेन्सले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्न १० बराबर ६ कित्ता अनुपातमा कूल ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो।

हकप्रद निष्काशनका लागि कम्पनीले माघ २७ बुकक्लोज गरेकाले यस हकप्रदमा माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। । हकप्रदमा आवेदन दिन अन्तिम दिन असार १९ गते रहेको छ ।

हकप्रदमा धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइनेछ। यसैगरि एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं, एनएमबि बैंकका तोकिएका शाखा, गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, काठमाडौं, कुमारीपाटी, ललितपुर र सेन्ट्रल फाइनान्सको कुपन्डोल र चाबहिल शाखाबाटपनि आवेदन दिन सकिनेछ ।

न्स्योरेन्सको हकप्रदलाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा आइपीओ ग्रेड ४’ रेटिङ्ग प्रदान गरेको छ। ‘ ग्रेड ४’ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था औसत भन्दा कम आधार रहेको जनाउँछ।
हाल ६४ करोड १५ लाख २० हजार रुपैयाँ चुक्ता पूँजी रहेको प्रुडेन्सियल इन्स्योरेन्सको हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ६४ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।