रिलायन्स लाईफको ६३ करोड आईपीओ आउने, म्युचुअल फण्ड स्थापनाको उदेश्य पनि थप्ने

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (RLIL) को ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ।

कम्पनीले असार २८ गते काठमाण्डौं म्यारियट होटल नक्सालमा बिहान ११ बजे आह्वान गरेको तेस्रो वार्षिक साधारण सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

यसैगरि कम्पनीले आफ्नो प्रबन्धपत्र तथा नियमावली संसोधन गरि सामूहिक लगानी कोष (म्युचुअल फण्ड) स्थापना गर्ने उदेश्य थप गर्ने भएको छ। कम्पनीले सभामा गर्ने संसोधन उपर नियमनकारी निकायबाट कुनै संसोधन गर्न निर्देशन भएमा सो अनुसारको कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

यस्तै सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको वित्तीय विवरण पारित गर्ने, सञ्चालक समितिको अध्यक्ष र सञ्चालकको बैठक भत्ता र अन्य सुविधा निर्धारण गर्ने र लेखापरिक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने मुख्य एजेण्डा सभामा रहेको छ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गर्दै आएको रिलायन्सले चालु आवको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा १११ प्रतिशत बढाउँदै ७९ करोड ७१ लाख खुद बीमाशुल्क आर्जन गरेको छ।

इन्स्योरेन्सले सो अवधिसम्ममा १२८ प्रतिशतले खुद नाफा वृद्धि गरेर ६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४७ करोड, जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ करोड ९८ लाख रुपैयाँ र महाविपत्ती कोषमा १ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।