नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ७ गते आइतबार नेपाल बैंक लिमिटेड (NBL) को १ करोड ४७ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १५ प्रतिशत बराबरको १ करोड ४७ लाख १६ हजार ७२२ कित्ता बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न मिल्नेगरि सूचीकरण भएको हो।
बैंकको २०७६ पुस २५ गते सम्पन्न ६० औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १५ प्रतिशत र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १३ गतेदेखि बुकक्लोज गरेको थियो। यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिन अर्थात पुस १० गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र सो बोनस पाउनेछन्।
बैंकले चुक्ता पूँजीको १० प्रतिशत (९८ करोड ११ लाख रुपैयाँ बराबरको) नगद लाभांश भने यसअघि पुस २५ गतेदेखि नै शेयर रजिष्ट्रार सिभिल क्यापिटल लिमिटेड मार्फत डिम्याट खातामा उपलब्ध गराइएको सम्बन्धित शेयरधनीको बैंक खातामा पठाइसकेको छ।
प्रतिक्रिया